विज्ञापन वोर्डले पायो पूर्णता

मंसिर १६,काठमाडौं
सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ ।
लामो समय देखि टुंगिन नसकेको वोर्ड सदस्यहरुको चयन सरकारले गरेपछि वोर्डले पूर्णत पाएको हो ।
विज्ञापन बोर्डका सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेल, ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान)का अध्यक्ष चन्द्र न्यौपानेसहित पाँचजना सदस्य नियुक्त भएका हुन । बोर्डका अन्य सदस्यमा सामुदायिक रेडियो प्रशारक संघ (एको¥याव) का बन्दना दनुवार, राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन, संचारकर्मी बलराम थापा छन ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार संचार मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी नव नियुक्त सदस्यहरुलाई बोर्ड सदस्यमा नियुक्ति गरिएको सरकारको पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए । बोर्डको अध्यक्षमा संचार मन्त्रालयका सह सचिव डिल्लीराम शर्मालाई सरकारले यस अघिनै तोकिसकेको छ ।
यसैबीच संचार मन्त्री तथा संचार सचिवको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक सोमवार संचार मन्त्रालयमा बसेको थियो । बैठकले विज्ञापन ऐन २०७६ ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताए ।
विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्डमार्फत् स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निमार्ण गर्ने र नियमन गर्ने दायित्व दिएको छ ।ञ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार